नियम २०क
नेपाल सरकारको नाममा जग्गा दर्ता गर्ने
(१) ऐनको दफा ९ को उपदफा (४) र दफा १४क. को उपदफा (२) बमोजिम भूमिसुधार अधिकारीले जफत गरेको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा दर्ताको लागि लेखी आएमा मालपोत कार्यालयले त्यस्तो जग्गा नेपाल सरकारको नाममा दर्ता गरी त्यसको जानकारी सम्बन्धित भूमिसुधार कार्यालयलाई दिनु पर्नेछ ।